शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण काबेली पावरले १० प्रतिशत बोनस सेयर दिने

बुधबार, ०५ असोज २०७९, १२ : ५४
बुधबार, ०५ असोज २०७९

अरुण काबेली पावरले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले सो बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लाने निर्णय गरेको हो ।

कम्पनीको असोज ४ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ । कम्पनी सञ्चालक समितिले गरेको निर्णय जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप