शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा २ जनाको शव फेला

बुधबार, ०५ असोज २०७९, १२ : ५०
बुधबार, ०५ असोज २०७९

कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएको हो ।  प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  वेदप्रकाश जोशीका अनुसार गोदावरी–१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् ।

घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले  त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेका छ ।  यसैगरी, धनगढी–१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उनी कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा भएको प्रहरीको भनाइ छ ।  छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप