‘सभामुखले सूचना टाँस गरेर नागरिकता विधेयक पारितको घोषणा हुनुपर्छ’

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक रहेको बताएका छन् । संविधानको धारा ११३ को (४) ले १५ दिनभित्र पुनः पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले सो नगरिए स्वतः प्रमाणित हुने सो धाराको मनसाय भएको जिकिर गरेका छन् ।
उनले यसअनुरुप नेपाल नागरिकता विधेयक रहेको हुँदा सोको घोषणा प्रतिनिधिसभाको सभामुखले सूचना टाँसमार्फत गर्नुपर्ने विज्ञप्तिमार्फत जनाएका छन् । ‘संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेको छ । सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यस अनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनु पर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नुपर्ने आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
संवैधानिक र श्रृगांरिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउन कोशिस गरेको बताउँदै उनले राष्ट्रपछि भण्डारीले वीरेन्द्र शाहको बाटो पछ्याएको टिप्पणी समेत गरेका छन् । संविधानको घेरा र आफ्नै देशको जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्ति पदमा बसिरहन योग्न नहुने भन्दै उनले राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च