शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुको स्याउले बजार पाएन

बुधबार, ०५ असोज २०७९, १२ : १५
बुधबार, ०५ असोज २०७९

मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । 

स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” 

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ, तर  बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप