शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको कदमपछि अखिल क्रान्तिकारी आन्दोलित

बुधबार, ०५ असोज २०७९, १२ : ०९
बुधबार, ०५ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी आन्दोलित बनेको छ। अखिल क्रान्तिकारीले राष्ट्रपतिको कदमको विरोध गर्दै बुधबार साँझ पुत्ला दहन गर्ने भएको छ । 

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज साँझ ५ गते देशव्यापी पुत्ला दहन कार्यक्रम सम्पन्न गर्ने तय भएको जानकारी दिइन् । 

त्यसका लागि क्रान्तिकारीले  सम्पूर्ण प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति ,क्याम्पस समितिहरुलाई विशेष निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप