बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाडा ईभी चौतारीको आयोजना हुँदै

बुधबार, ०५ असोज २०७९, १२ : ०९
बुधबार, ०५ असोज २०७९

नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपालमा नै पहिलो पटक आयोजना गर्न लागेको इलेक्ट्रिक गाडी तथा टु –ह्विलर नाडा ईभी एक्स्पोमा बहुपक्षीय दातृ निकाय युएसआईडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।

नाडा ईभी एक्स्पो चलिरहेको समयमा नै आश्विन ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ बजेदेखि ४ बजेसम्म नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हो ।  तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । ईभी चौतारीको पहिलो दिन असोज ७ गते ईभी टेक्नोलोजी तथा इकोसिस्टमको बारेमा छलफल हुने नाडा अटोमोबाइल्स एसोसिएसनले जानकारी दिएको छ । 

यस्तै, दोस्रो दिन असोज ८ गते विद्युतीय सवारीको वित्तीय पक्षबारे विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् भने अन्तिम दिन असोज ९ गते विद्युतीय सवारी साधनको प्रबर्द्धनका लागि सरकारी नीतिहरूका विषयमा छलफल हुनेछ । 

नेपालमा इलेक्ट्रिक गाडीहरुको नीतिगततहमा कार्य गर्ने नीति नियमहरुदेखि यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाँड्ने चौतारी हुने आयोजकको विश्वास छ । असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप