शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको आरोपमा युवक पक्राउ

बुधबार, ०५ असोज २०७९, १२ : ०८
बुधबार, ०५ असोज २०७९

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँ वस्तीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौँरीदेउराली गाउँपालिका घर भएर बौद्ध बस्दै आएका २७ वर्षीय पेमा तामाङ छन् ।

आरोपीको साथबाट बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सो मोटरसाइकल बालाजु बाइपासबाट हराएको थियो । भदौ ६ मा चोरी भएको सो मोटरसाइकलमा पेमाले नक्कली नम्बर प्लेट राखेर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पेमा २०७२ मा पनि चोरी मुद्दामा पक्राउ परेका थिए । उनलाई चोरीको मोटरसाइकलसहित थप अनुसन्धानका लागी वृत्त बालाजुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप