शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरका यी पाँच संकेतले तपाईंमा राम्रो प्रजनन क्षमताको संकेत गर्छ

बुधबार, ०५ असोज २०७९, ११ : ३०
बुधबार, ०५ असोज २०७९

किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे कुरा पनि गर्छिन् । तर केही समय पछि नै त्यहि केटीका लागि गर्भवती हुनु अत्यावश्यक चिज हुने गर्छ । उनी हरेक हालमा छिटोभन्दा छिटो आमा बन्न चाहन्छिन् । आमा बन्नु विश्वका हरेक महिलाका लागि निकै सुन्दर अनुभव हो तर योसँग धेरै चुनौती र समस्या पनि हुन्छन् ।

आजको समयमा खराब जीवनशैली र खानपानका कारण महिलाको प्रजनन क्षमतामा नकारात्मक असर परिरहेको छ जसका कारण थुप्रै महिलालाई गर्भवती हुन समस्या भइरहेको छ । यस्तै, केही महिला यस्ता पनि हुन्छन् जो निकै सजिलै गर्भवती हुने गर्छन् । यस्तोमा हामी तपाईंलाई ती पाँच संकेतबारे जानकारी दिँदै छौँ जसले तपाईं कत्तिको फर्टाइल हुनुहुन्छ भन्ने जानकारी दिन्छ ।

१. यदि तपाईंको उमेर २० देखि २५ वर्ष छ भने

विश्वभरी गरिएका अनुसन्धानमा २०–२४ वर्षको उमेरमा कुनै पनि महिलाको प्रजनन क्षमता उत्कृष्ट हुने बताइएको छ । यद्यपि, प्रजनन क्षमताको आयु सीमा सबै महिलाका लागि समान हुँदैन र यसमा अन्तर पनि हुनसक्छ । तर अनुसन्धानमा के पत्ता लागेको छ भने उमेर बढेसँगै प्रजनन क्षमता क्रमशः कम हुँदै जान्छ ।

२. महिनावारी नियमित हुँदा

हामी सबैको महिनावारीको साइकल कहिलेकाँही गडबड हुन्छ जुन सामान्य कुरा हो तर यो धेरै नै गडबड भइरहन्छ भने तनावको कुरा हुनसक्छ । यस्तै यदि तपाईंको महिनावारी नियमित छ, तपाईंको मेन्स्ट्रुलअ साइकल उत्कृष्ट छ भने तपाईं असाध्यै फर्टाइल हुनुहुन्छ भन्ने निशानी हो यो ।

३. जिन्सको सम्बन्ध

जब गर्भावस्थाको कुरा आउँछ, धेरैपटक यतिबेला भोग्नुपरेको अप्ठेरो र सहजताबारे कुरा आउँछ । तर पारिवारिक पृष्ठभूमिको आधारमा कुनै महिलाको प्रजनन क्षमताबारे अनुमान लगाउन निकै मुश्किल छ ।

४. भजाइनल डिस्चार्ज

यदि महिनावारीको साइकलको बीचमा योनीबाट सफा र कुनै दुर्गन्ध बिनाको सर्भाइकल म्युकस डिस्चार्ज हुन्छ भने यो राम्रो संकेत हो । यसको अर्थ तपाईंको सर्भिक्सले वीर्यलाई निकै सजिलै पास गर्न र इम्प्लान्टेशनमा मद्दत गर्छ र यो गर्भधारणको सुरुवाती चरणका लागि निकै आवश्यक छ ।

५. पिएमएस (प्रिमेन्स्ट्रुअल सिन्ड्रोम) का लक्षण

प्रिमेन्स्ट्रुअल सिन्ड्रोमका बेला मुड स्विङ, बारम्बार खाने इच्छा, तल्लो पेट दुख्ने, थकान, चिडचिडापन पिएमएसका लक्षण हुन् । हरेक चारमध्ये तीन महिलालाई महिनावारी हुन लाग्दा यीमध्ये कुनै न कुनै लक्षण देखिएकै हुन्छ । यो स्थिति धेरैलाई मन पर्दैन तर यो फर्टिलिटीको निशानी हो । यी लक्षणको अर्थ, तपाईंको शरीरले त्यसरी नै काम गरिरहेको छ, जुन उसले गर्नुपर्छ । यद्यपि, अति नै पीडा भयो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप