बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५ सय बढी सवारी चालकमाथि कारवाही

बुधबार, ०५ असोज २०७९, १० : ५५
बुधबार, ०५ असोज २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५३२ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् । 

यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप