बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको पक्षमा एमाले अखिलको प्रदर्शन

बुधबार, ०५ असोज २०७९, १० : १६
बुधबार, ०५ असोज २०७९

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् । 

त्यसक्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।  उनीहरुले ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’, जस्ता नारा लगाएका थिए । 

राष्ट्रपति विद्या भण्डारीले संविधानको प्रावधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप