महिन्द्राको इलेक्ट्रिक थ्री–ह्वीलर अटो अब सुर्खेतमा पनि
सुर्खेत । महिन्द्रा समूह अन्तरगतको कम्पनी महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सुर्खेतमा पनि सार्वजनिक गरेको छ । यसअघि चितवन, ह्ेटौडा, धनगढी, जनकपुरधाम जस्ता सहरी क्षेत्रमा प्रचलनमा आएको सो थ्री–ह्वीलर असोजदेखि सुर्खेतमा पनि विक्री वितरण थापिएको हो ।
महिन्द्रा ईलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष केदार बस्याल, बिरेन्द्र नगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, बिरेन्द्र नगरपालिकाका वडा अध्यक्ष दिलबहादुर रखाल, अग्नि इनर्जीका प्रतिनिधि सिरज भुजेल लगायतका उपस्थितिमा थ्री ह्वीलर सार्वजनिक गरिएको हो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोबाट ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने कम्पनीले दाबी गरेको छ । महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।
प्रमुख विशेषताहरू पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने, पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत, आठ युनिट विद्युतमा फुल चार्ज हुने, उत्कृष्ठ पर्फेमेन्स, उन्नत लिथियम आयोन ब्याट्री, थकानमुक्त ड्राइभिङ अनुभव, आकर्षक डिजाइन, उत्कृष्ट (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि, विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु