सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्दोआनसँग ऐतिहासिक भेटघाटमा इजरायलका प्रधानमन्त्रीको यस्तो माग

बुधबार, ०५ असोज २०७९, १० : ०९
बुधबार, ०५ असोज २०७९

इजरायलका प्रधानमन्त्री येर लेपिडले न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभामा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानसँग भेटवार्ता गरेका छन् । दुबै देशको द्विपक्षीय सम्बन्धका हिसाबले यो भेट महत्वपूर्ण मानिएको छ । सन् २००८ पछि दुई देशका शीर्ष नेतृत्वबीच आमने–सामने भेट भएको छैन ।

यस बैठकमा इजरायली प्रधानमन्त्री लेपिडले एर्दोनलाई गाजा पट्टीमा हमासले कब्जा गरेका दुई इजरायली नागरिकलाई फिर्ता ल्याउन मद्दत गर्न आग्रह गरेका छन् । यससँगै, लेपिडले टर्कीका राष्ट्रपतिलाई २०१४ मा मृत्यु भएका दुई सैनिकको शव फिर्ता ल्याउन मद्दत गर्न आग्रह गरेका छन् ।

दुई नेताबीच आर्थिक र ऊर्जा क्षेत्रमा सहकार्यका विषयमा पनि छलफल भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । लेपिडले यस वर्षको सुरुमा खुफिया जानकारी साझा गरेकोमा एर्डोनलाई धन्यवाद दिएका छन् ।

इजरायल र टर्की बीचको कूटनीतिक सम्बन्ध गत महिना एक पटक पुनर्स्थापित भएको छ ।

गाजा पट्टीको घेराबन्दी तोडेर राहत सामग्री बोकेको टर्कीको जहाजमा इजरायलले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएपछि सन् २०१० देखि दुई देशबीचको सम्बन्धमा तिक्तता छाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप