मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धन जुट्यो छलफलमा

बुधबार, ०५ असोज २०७९, ०९ : १०
बुधबार, ०५ असोज २०७९

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।

संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ ।

उनले भने, 'राष्ट्रपतिको भूमिकाको गम्भीर समीक्षा हुँदैछ । बैठक एउटा निष्कर्षमा पुग्छ ।'
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप