बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

बुधबार, ०५ असोज २०७९, ०७ : ५२
बुधबार, ०५ असोज २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट कुस्तीतर्फ पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । 

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधु कुमारी, ५५ किलोमा बाराकी प्रमिला, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारी रहेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप