सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै
बुधबार, ०५ असोज २०७९, ०६ : १२

मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।
हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । साथै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयबारे पनि आजको बैठकमा छलफल हुने बताइएकाे छ ।