शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

बुधबार, ०५ असोज २०७९, ०६ : १२
बुधबार, ०५ असोज २०७९

मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ । 

हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । साथै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयबारे पनि आजको बैठकमा छलफल हुने बताइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप