निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि रिसाए हर्क साम्पाङ
मङ्गलबार, ०४ असोज २०७९, २२ : १५
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन आयोगमाथि खनिएका छन् । निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि सामाम्पाङ आक्रोशित बनेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गरेका छन् । उनले साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु भएको टिप्पणी समेत गरेका छन् ।
उनले भनेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो । मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’ निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारलाई पदअनुसारको जरिवाना गरेको छ । त्यस्तो जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध मेस्सी बेन्चमा बस्ने
-
के नेपाल युगान्तकारी परिवर्तनका लागि तयार छ ?
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण