वर्डक्याम्प नेपाल २०२२ चितवनको भरतपुरमा हुने
वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय बृहत अन्तराष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल–२०२२’ हुने भएको छ । आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने कार्यक्रम भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा हुने कार्यक्रमका मुख्य संयोजक सुभाष खड्काले जानकारी दिए ।
उक्त दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुने बताइएको छ । यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने प्रशिक्षक छनौट समितिका संयोजक ई. निशाल गुरुङले जानकारी दिए
कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकट एक हजार रुपैयाँ, प्रारम्भिक दर्ता गर्नेको लागि एक हजार दुई सय रुपैयाँ र अन्य सहभागीहरुको लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण