आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

इरान– प्रहरी हिरासतमा मृत्यु भएकी युवतीको पक्षमा भएको विरोधमा पाँच जनाको मृत्यु

मङ्गलबार, ०४ असोज २०७९, २१ : ३२
मङ्गलबार, ०४ असोज २०७९

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध–प्रदर्शनमा बल प्रयोग गर्दा पाँच जनाको मृत्यु भएको मानवअधिकार अनुगमनकर्ताले जनाएका छन् । 
इरानमा अधिकार उल्लङ्घनको अनुगमन गर्ने नर्वेजियन संस्था ‘हेङ्गग अर्गनाइजेसन फर ह्युमन राइट्स’ले यो जानकारी दिएको हो । 

सस्थाका अनुसार सोमबार इरानको कुर्दिश क्षेत्रमा भएको प्रदर्शनमा प्रहरी धरपकडमा पाँच जना मारिएका हुन् । त्यस्तै अन्य सहरमा भएका प्रदर्शनमा थप ७५ जना घाईते भएको सस्थाले बताएको छ । 
मानवअधिकारका लागि संयुक्त राष्ट्रसघीय कार्यवाहक उच्चायुक्त नादा अल–नासिफले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनविरुद्ध इरानी सुरक्षा बलहरूले प्रयोग गरेको हिंसात्मक प्रतिक्रिया’ प्रति चिन्ता व्यक्त गरिन् । 

उता तेहरानका गभर्नर मोहसेन मन्सौरीले भने प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको र सार्वजनिक सम्पत्ति नष्ट गरेको आरोप लगाएका छन् । सोमबार ट्वीट गर्दै उनले प्रदर्शनकारीहरू ‘पूर्ण रूपमा संगठित रुपमा तेहरानमा अशान्ति सिर्जना गर्न लागेको’ आरोप लगाए । 

पछिल्लो प्रदर्शन २२ वर्षिया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको हो । उनलाई हिजाब नलगाएको आरोपमा इरानको धार्मिक प्रहरीले पक्राउ गरेर ‘पुनरः शिक्षा’ केन्द्र लगेको थियो । त्यहाँ उनलाई शिष्ट पोशाकबारे ‘मार्गदर्शन’ लिन लगिएको थियो । 

इरानी प्रहरीले अमिनीको हृदयघातका कारण मृत्यु भएको बताउदै उनको मृत्यु ‘दुर्भाग्यपूर्ण’ भएको बताएको छ । तर अमिनीको परिवारले उनलाई कुनै मुटुको समस्या नभएको भन्दै प्रहरीको भनाई स्वीकार्न मानेका छैनन् । 
इरानको सरकारी मिडियाद्वारा जारी गरिएको सम्पादित सीसीटीभी फुटेजमा अमिनीलाई ‘पुनर शिक्षा’ केन्द्रमा ढलेको देखाइएको छ । 

इरानको धार्मिक पुलिस देशको सुरक्षा संयन्त्रको अंग हो, जसलाई इस्लामिक गणतन्त्रको कडा सामाजिक नियमहरू लागू गर्ने जिम्मेवारी दिइएको छ । यसमा ड्रेस कोड पनि समावेश छ । 
तिनले महिलाहरूलाई सार्वजनिक रूपमा हेडस्कार्फ वा हिजाब लगाउन अनिवार्य गर्दछ ।

अमिनीको हृदयघातको कारण निधन भएको भन्ने प्रहरीको स्पष्टीकरणलाई प्रदर्शनकारीहरूले स्वीकार गरेका छन् । संयुक्त राष्ट्रसंघले जवाफदेहिताको माग गर्दै तेहरान, इस्फाहान, काराज, मशहद, रश्त, सक्कस र सनन्दजलगायत सहरमा हजारौं मानिस सडकमा उत्रिएको बताएको छ । 

इरानी श्रमिकहरूको स्वतन्त्र युनियनले शेयर गरेको एउटा भिडियोमा सानन्दजमा प्रदर्शनकारीहरू ‘तानाशाह मुर्दावाद’ भन्ने नारा लगाएको देखिन्छन् । 
अर्को भिडियोमा महिलाहरूले आफ्नो हिजाब फुकालेर तेहरानमा विरोध प्रदर्शनमा हात हल्लाइरहेको देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप