मनाङ कारागारमा दुई कैदीबन्दी

मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन् ।
एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।
हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा निर्माण गरिने डिजाइनमा कारागार निर्माण गरिएको छ । करिब रु दुई करोडको लागतमा उक्त कारागार भवन निर्माण गरिएको भए पनि शिक्षाकै भवनमा कैदीबन्दी राखिँदै आएको स्रेस्तेदार बडूले बताए । देशका विभिन्न जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् तर मनाङमा करिब शून्यजस्तै हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय