लागूपदार्थसहित दुई जना युवा पक्राउ

लागू औषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानिलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।
सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।
मोटरसाइकलको सिटको बीच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट-१० लेखिएको २५ (पच्चिस) पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० (सात सय पचास) चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ (चौरान्बे) सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
-
केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु
-
कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण
-
भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
-
राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
-
सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि १० दिनभित्र उजुरी दिन सकिने