बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँट टुङ्ग्याउन गठबन्धनमा भोलि बिहानैदेखि छलफल हुने

मङ्गलबार, ०४ असोज २०७९, १९ : ४७
मङ्गलबार, ०४ असोज २०७९

प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेको गठबन्धनका नेताहरूले बुधबार टुङ्ग्याउने बताएका छन् । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् । 

‘गाँठो फुक्दै गएको छ । बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अब धेरै दिन लाग्दैन चाँडै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ ।’ 

मंगलबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बुधबार बिहानैबाट पुन छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिए । उनले यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि बताए । तर कहाँ कहाँको गाँठो फुक्यो भन्ने प्रश्नमा उनले हतार नगर्न आग्रह गरे । ‘अहिले नै हतार नगर्नुस् न सबै कुरा हामी सार्वजनिक गरिहाल्छौँ नि’, पुरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप