शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

झापामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

मङ्गलबार, ०४ असोज २०७९, १९ : २९
मङ्गलबार, ०४ असोज २०७९

झापामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४च ९१०८ नम्बरको कार पूर्व(पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का  ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन् । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप