बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आगामी रणनीति बनाउन लाँकुरीभञ्ज्याङ पुगे ओली

मङ्गलबार, ०४ असोज २०७९, १९ : १६
मङ्गलबार, ०४ असोज २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् । रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।

एक सार्वजनिक भिडियोमा ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको बताए । ‘आज धेरै सिरियस काम रहेन । सिरियस काम नरहेको बेलामा फेरि अर्कै प्रतिकृतिको सिरियस काम पनि गरिहालौं, केही सोच्ने काम, केही चिन्तन मनन गर्ने कुराहरु, छुट्टै स्वच्छ हावापानी भएको प्रदूषणरहित डाँडामा बसेर केही  भविष्यमा योजनाहरु बनाउँ, केही रणनीतिहरु तय गरौँ भनेर आएँ,’ ओलीको भनाइ छ।

उनले आराम, आनन्द र कामको संयोजन गर्नेगरी आफू यहाँ आएको पनि बताए । श्रीमती राधिका शाक्य र सहयोगीसहित लाँकुरी भञ्ज्याङ पुगेका उनले डाँडाबाट उपत्यकाको दृश्यावलोकन गरेका थिए । उनले घुम्नका लागि फुर्सद निकाल्नुपर्ने बताउँदै चाहना भए जतिसुकै व्यस्त भएपनि समय निकाल्न सकिने बताए । उनले आफूलाई डाँडाकाँडा घुम्न मनपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप