केसीको मागको सम्बन्धमा सहमति जुटाउने प्रयास जारी
मङ्गलबार, ०४ असोज २०७९, १७ : ५७
अनसनरत डा गोविन्द केसीको मागका सम्बन्धमा सहमति जुटाउन सिंहदरबारमा वार्ता जारी रहेको छ । बिहान ११ बजेदेखि सरकार र डा.केसीका प्रतिनिधिबीच वार्ता चलिरहेको सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयमा सचिव रोशन पोखरेल, विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, नेपाल चिकित्सक संघका अनिलविक्रम कार्की, वार्ता टोलीका तर्फबाट डा जीवन क्षेत्री,ओम प्रकाश अर्याल र प्रितम सुवेदी सहभागी छन् ।
वार्ता अझै टुंगोमा पुग्न नसकेको उनको भनाइ छ । भदौ २७ गतेबाट चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा. केसी धनगढीमा पुगेर अनसनमा बसेका हुन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
यो मेरो अन्तिम विश्वकप हो कि होइन भन्ने कुरा मै तय गर्छु : रोनाल्डो
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
