सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका नेता छलफलमा
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहेको छ । मंगलबार अपराह्न ४ बजेदेखि कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
सिट बाँडफाँटबारे मंगलबार विहान पनि कार्यदलका सदस्यसहित शीर्ष नेताबीच सामान्य छलफल भएको थियो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार अहिले ठोस सहमति जुटाउने प्रयास भइरहेको छ । ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन ।
प्रतिनिधि सभाको १६५ सिटमध्ये अधिकांश सहमति जुटेपनि केही निर्वाचन क्षेत्रमा दोहोरो र तेहोरो दावीका कारण सिट बाँडफाँटलाई अन्तिमरुप दिन गठबन्धनलाई सकस परेको छ । दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर दलहरुले दावी गरेका क्षेत्र तलमाथि गर्न नेताहरू नमान्दा समस्या भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण