सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका नेता छलफलमा

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहेको छ । मंगलबार अपराह्न ४ बजेदेखि कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
सिट बाँडफाँटबारे मंगलबार विहान पनि कार्यदलका सदस्यसहित शीर्ष नेताबीच सामान्य छलफल भएको थियो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार अहिले ठोस सहमति जुटाउने प्रयास भइरहेको छ । ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन ।
प्रतिनिधि सभाको १६५ सिटमध्ये अधिकांश सहमति जुटेपनि केही निर्वाचन क्षेत्रमा दोहोरो र तेहोरो दावीका कारण सिट बाँडफाँटलाई अन्तिमरुप दिन गठबन्धनलाई सकस परेको छ । दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर दलहरुले दावी गरेका क्षेत्र तलमाथि गर्न नेताहरू नमान्दा समस्या भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न