शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट नक्कली नोटसहित एकजना पक्राउ

मङ्गलबार, ०४ असोज २०७९, १७ : ४०
मङ्गलबार, ०४ असोज २०७९

काठमाडौंको नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेको प्रहरीले जनाएको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभात नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप