चिकित्सकको प्रारम्भिक रिपोर्ट : लाल मोहम्मदको शरीरमा ४ राउण्ड गोली
काठमाडौंको गोठाटारमा गोली लागेर उपचारको क्रममा ज्यान गुमाएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरीरमा ४ गोली लागेको बताएका हुन् ।
पोस्टमार्टममा संलग्न चिकित्सकहरूका अनुसार मोहम्मदको टाउकोमा २ गोली लागेको छ । दाहिने छातीमा १ गोली र दाहिने तिघ्रामा १ गोली लागेर उनको मृत्यु भएको चिकित्सकको प्रारम्भिक पोस्टमार्टम रिपोर्टबाट थाहा भएको छ ।
कागेश्वर मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का संचालक मोहम्मदलाई गोली लागेपछि प्रहरीले सुरुमा शंकरापुर अस्पतालमा लगेको थियो । नारायणटारस्थित शंकरापुर अस्पतालमा पुग्दा उनी अचेत भैसकेका थिए । ‘अस्पतालमा आउँदा उहाँको होस हराउन लागेको थियो’ शंकरापुर अस्पतालमा निर्देशक डा. रमेश ढकालले भने–‘हामीले कृत्रिम श्वास दिएर उहाँलाई रिफर गरेका थियौँ ।’
७ बजे उनलाई प्रहरी र परिवारले अस्पताल लगेका हुन् । शंकरापुरबाट उनलाई महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण