अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए । उनले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताए ।
प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । उनले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनैपनि समस्या समाधानका लागि सामुहिक प्रयत्न र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो मेरो अन्तिम विश्वकप हो कि होइन भन्ने कुरा मै तय गर्छु : रोनाल्डो
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण