‘भाउ’ बेलायतको फिल्म फेस्टिभलमा छनोट
मङ्गलबार, ०४ असोज २०७९, १० : ००
नेपाली लघुचलचित्र ‘भाउ’ (कस्ट् अफ लिभिङ) बेलायतको फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड (फेस्टिभल) स्टुडियोको छनोटमा परेको छ । यो स्टुडियो चलचित्रमा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरुको साइट हो ।
लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्दै आएका सुवास प्रसाद गजुरेलको मुख्य अभिनय रहेको ‘भाउ’ मा सुजिता शाह, रेनुका कार्की र सुमन थापा लगायतको अभिनय छ । काठमाडौं र भक्तपुरमा छायांकन भएको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मी मोहन अभिलाषी हुन् ।
नारायण जिसीको छायांकन, कवाडीवालाको कथा रहेको चलचित्रमा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’