बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भाउ’ बेलायतको फिल्म फेस्टिभलमा छनोट

मङ्गलबार, ०४ असोज २०७९, १० : ००
मङ्गलबार, ०४ असोज २०७९

नेपाली लघुचलचित्र ‘भाउ’ (कस्ट् अफ लिभिङ) बेलायतको फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड (फेस्टिभल) स्टुडियोको छनोटमा परेको छ । यो स्टुडियो चलचित्रमा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरुको साइट हो ।

लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्दै आएका सुवास प्रसाद गजुरेलको मुख्य अभिनय रहेको ‘भाउ’ मा सुजिता शाह, रेनुका कार्की र सुमन थापा लगायतको अभिनय छ । काठमाडौं र भक्तपुरमा छायांकन भएको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मी मोहन अभिलाषी हुन् ।

नारायण जिसीको छायांकन, कवाडीवालाको कथा रहेको चलचित्रमा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप