बैंकहरुका लागि भदौ महिना सुखद्, ५३ अर्बले निक्षेप बढ्यो
मङ्गलबार, ०४ असोज २०७९, १६ : २८
निक्षेप संकलनका हिसाबले भदौ महिना बैंकहरुका लागि सुखद् देखिएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुले साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् ।
नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार भदौ महिनामा २६ वटा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो महिना अर्थात् साउन महिनामा बैंकहरुले निक्षेप गुमाउँदै कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
उसो त यता निक्षेप बढेसँगै बैंकहरुले समीक्षा अवधिमा कर्जा लगानी समेत बढाएका छन् । बैंकर्स संघका अनुसार अघिल्लो महिना अर्थात् साउन मसान्तसम्म जम्मा ४१ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले भदौ महिनाको अन्तसम्ममा १३ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९० अर्ब लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले