शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वको पहिलो क्लोन गरेर बनाइएको आर्कटिक ब्वाँसो सार्वजनिक

मङ्गलबार, ०४ असोज २०७९, १५ : ४२
मङ्गलबार, ०४ असोज २०७९

आर्कटिक ब्वाँसो लोपोन्मुख अवस्थामा छन् । यसलाई बचाउनका लागि चीनले पहिलो पटक आर्कटिक ब्वाँसोको क्लोनिङ गरेर नयाँ ब्वासो जन्माएको छ । यो अब सय दिनको भइसकेको छ । बेइजिङमा भएको जेनेटिक कम्पनी साइनोजिन बायोटेक्नोलोजी एन्ड हार्बिन पोलरल्याण्डले यो ब्वाँसोको क्लोनिङ गरेको छ । यो कम्पनीका अधिकारी र वैज्ञानिकले क्लोनिङले विश्वका दुर्लभ र लोेपोन्मुख अवस्थामा पुगिसकेका जीवलाई बचाउन सकिने बताएका छन् ।

कम्पनीका जनरल म्यानेजर मी जिडोन्गले भनेका छन्, ‘लोपोन्मुख अवस्थामा पुगेका प्राणीलाई जोगाउनका लागि हामीले हार्बिन पोलरल्याण्डसँग मिलेर सन् २०२० मा आर्कटिक ब्वाँसोको क्लोनिङ सुरु गरेका थियौँ । दुई वर्षको मिहिनेतपछि यो क्लोनिङ सफल भयो । यो विश्वमा यस्तो खालको पहिलो घटना हो । क्लोनिङ टेक्नोलोजीलाई अघि बढाउनका लागि आर्कटिक ब्वाँसोको क्लोनिङ एक कोसेढुङ्गा हो किनभने यस्ता जीवलाई संरक्षित गर्न र यसको प्रजातिलाई बचाउन आवश्यक छ ।’

यो आर्कटिक ब्वाँसोको जन्म १० जून २०२२ मा भएको थियो । यसको नाम माया राखिएको छ । यसको स्वास्थ्य पनि राम्रो छ । यो बनाउनका लगि डोनर सेल एक भाले आर्कटिक ब्वाँसोका ेछालाबाट लिइएको थियो । यसलाई क्यानडाबाट लिइएको थियो । त्यसपछि अण्डालाई एउटा पोथी कुकुरबाट लिइएको थियो । त्यसपछि यसलाई बिगल ब्रिडको कुकुरको गर्भमा सरोगेट गरियो । यो ब्वाँसोलाई जन्माउनका लागि १३७ नयाँ भ्रुण तयार गर्नुपरेको थियो । सातवटा बिगल कुकुरको गर्भमा ८५ भ्रुण ट्रान्सफर गरियो जसमध्ये एउटा मात्रै भ्रुण विकसित भयो ।

बिगलको चयन यसकारण गरिएको थियो किनभने आर्कटिक ब्वाँसो र यसको जेनेटिक्स थुप्रै मामिलामा एकै खालका थिए । यदि अरु कुनै कुकुरको लिएको भए सायद यो प्रोजेक्ट कहिल्यै सफल हुने थिएन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो खबरलाई मुख्य प्राथमिकता साथ प्रकाशित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप