आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रोकिएन नेप्सेको पहिरो, आज पनि ३८ अङ्कको गिरावट

मङ्गलबार, ०४ असोज २०७९, १५ : ३४
मङ्गलबार, ०४ असोज २०७९

केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो । 

यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले घट्दै ३५८.८७ अंकमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । 

सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्रतिशतले, इन्भेस्टमेन्ट समूहको उपसूचक ३.१९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.६४ प्रतिशतले घटेको छ । 

यस्तै, माइक्रो फाइनान्स समूहको उपसूचक २.४७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०६ प्रतिशतले घटेको छ । समग्रमा २.०७ प्रतिशतले घटेको बजारमा आज कुल १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप