बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं लैजाने तयारी

मङ्गलबार, ०४ असोज २०७९, १५ : ०९
मङ्गलबार, ०४ असोज २०७९

धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ । 

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ । 

डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेबल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा. सुबोधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप