शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सेनमाथि खनिए दीपकराज गिरी, भन्छन्–गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ?

मङ्गलबार, ०४ असोज २०७९, १५ : ०७
मङ्गलबार, ०४ असोज २०७९

‘प्रेमगीत ३’ को विवाद दिन प्रतिदिन बढ्दो छ । अनमोल केसी, झरना थापा, भुवन केसी, दीपकराज गिरी हँुदै यो बिवाद अहिले अभिनेता सरोज खनालसम्म आएको छ । 

निर्माता सन्तोष सेनले मंगलबार सरोज खनाललाई निसाना बनाएका छन् । उनले अमेरिकाले नेपाली कलाकारलाई भिषा नदिनुको दोष सरोज खनालमाथि लगाएका छन् । सेनको निसानामा परेका सरोजको बचाउमा कलाकार दीपराज गिरी निस्किएका छन् ।

उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सबैलाई गाली गरेर फिल्म चलाउने हो ? भनेर समेत प्रश्न गरेका छन् । ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ् । यो लिस्ट निक्कै लामो हुँदैछ दिनप्रति दिन' दीपकले प्रश्न गरेका छन्, 'सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हपाइ हुँदाहुँदै के गर्या यो ?’  ‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर  उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप