शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

दसैंका लागि हवाई टिकट ८० प्रतिशत बुकिङ, धनगढीको १७ हजार भाडा

मङ्गलबार, ०४ असोज २०७९, १७ : १३
मङ्गलबार, ०४ असोज २०७९

दसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो ।

दसैं आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् ।  

यस्तै दसैंको समयमा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । हवाई सेवाको अग्रिम टिकट बुकिङ वृद्धिसँगसँ उनीहरुले भाडामा पनि वृद्धि गरेका हुन् । विगतमा काठमाडौं–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौं रहेको छ । विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए । उनका अनुसार काठमाडौं फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप