बास्केटबल टोलीको बिदाइ
मङ्गलबार, ०४ असोज २०७९, १४ : २९

माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
प्रतियोगिता यही असोज ८ देखि १४ गतेसम्म हुनेछ । सहभागी खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।
प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा नीरञ्जन सत्याल छन् । रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली यही असोज ७ गते माल्दिभ्स जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार