शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा. भुवनराज कुँवर सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित

मङ्गलबार, ०४ असोज २०७९, ०७ : ००
मङ्गलबार, ०४ असोज २०७९

सरकारले संविधान दिवसको अवसरमा राष्ट्र र जनतालाई विभिन्न कोणबाट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई पदकबाट विभूषित गर्ने भएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा जनता र राष्ट्रको निम्ति योगदान पुर्याएका नेपाली सेनाका (ब्रिगेडियर) जनरल डा. भुवनराज कुवँरलाई सुप्रबल जन सेवा श्री पदकबाट सम्मानित  गर्ने भएको छ । उनले विभिन्न आर्मी अस्पतालमा नेतृत्वदायी भुमिका खेलिसकेका छन् । 

अहिले कुवँर काठमाडौँमा रहेको आर्मी अस्पतालमा कार्यरत छन् । उनले देशका दुर्गम क्षेत्रमा पुगी विगत ३२ वर्षदेखि सेवा प्रवाह गर्दै आएका छन् ।  यो पदक संविधान दिवसमा घोषण  गरेर बैशाख १ गते प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप