मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ प्रहरीको दसैँ सुरक्षा योजना : ड्रोनदेखि मोबाइल गस्तीसम्म परिचालन गरिने

मङ्गलबार, ०४ असोज २०७९, १३ : २५
मङ्गलबार, ०४ असोज २०७९

जिल्ला प्रहरी परिसर काठमाडौँले दसैँ, तिहार तथा छठ लक्षित गरेर सुरक्षा योजना लागु गरेको छ । काठमाडौँ जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाई सुरक्षित वातावरणमा सम्पन्न गर्न यो सुरक्षा योजना, २०७९ तयार गरी लागु गरिएको प्रहरीको भनाइ छ ।

प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीका अनुसार सुरक्षा निकायबीच उच्च समन्वयबाट प्रभावकारी तवरले सुरक्षाकर्मीहरूको परिचालन, सहज पहुँच र दुरुस्त कारबाहीमार्फत अपेक्षित जन समुदायसमक्ष शीघ्र सेवा प्रदान गर्ने व्यवस्था मिलाई चाड पर्वमा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्ने प्रहरीले लक्ष्य लिएको छ ।

चाड पर्वहरूमा काठमाडौँ जिल्लामा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मीहरूको परिचालन गर्ने, सहज पहुँच (माग भएको ५-७ मिनेट भित्र पुगी) र कानुन बमोजिम दुरुस्त कारबाही गर्ने, श्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने प्रहरीको उद्देश्य रहेको छ । दसैँलक्षित सुरक्षा योजनाका लागि  ३ हजार ३४३ प्रहरी जनशक्ति खटाउने प्रहरीको योजना रहेको छ ।

प्रहरीले सामान्य र असामान्य गरी दुई वटा चुनौती पहिचान गरेको छ ।

क)     सामान्य चुनौती

अवैध मदिरा बिक्री वितरण, झै-झगडा, तास, जुवा, लङ्गडी बुर्जा, ३ गोटी, मापसे गरी ट्राफिक नियमको उल्लङ्घन, सवारी दुर्घटना, सवारी साधनको टिकटमा कालो बजारी, नापतौलबाट ठगी, आतिशबाजी, पकेटमारी, चोरी, लुटपाट, चोरी पैठारी, नक्कली तथा म्याद गुज्रेको सामानको बिक्री वितरण, अभद्र व्यवहार, चन्दा, चिट्ठा आदि सम्बन्धी कसुर  ।

ख)    असामान्य चुनौती

समूह-समूहबीच हुन जाने झगडा (Gang Fight), डकैती, हातहतियार तथा खरखजानाको प्रयोग, आगजनी, विस्फोटन, कर्तव्य ज्यान, जबरजस्ती करणी, अपहरण वा शरीर बन्धक, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ, लागु औषध, कारागार मानव बेचबिखन तथा ओसार पसार आदि सम्बन्धी कसुर ।

यस्तो छ प्रहरीको  सुरक्षा रणनीति:

क)   Intelligence Based  Information  Collection: सूचना सङ्कलन (सादा पोसाक)

·        प्रहरी नियन्त्रण कक्ष-१००, ट्राफिक नियन्त्रण कक्ष-१०३ र प्रहरीका अन्य नम्बरमा प्राप्त सूचना, 

·        Social Media face book & twitter र Hamro & Traffic Police mobile app तथा website मा प्राप्त सूचना,

·        अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानहरू लगायतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वय तथा सहकार्यमा सादा पोसाक प्रहरी परिचालन र सूचना सङ्कलन र प्रहरी परिचालन गर्ने ।

ख)   जन सम्पर्क तथा नागरिकमुखी कार्यक्रम:

·        यात्रुहरूलाई सहजतापूर्वक यात्रा गर्न बसपार्क इलाकाहरू र सेवा ग्राहीहरूलाई  विशेष सुविधा दिन काठमाडौँको १२ स्थानमा Help desk स्थापना गरिएको (सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चावहिल चोक, गोंगवु, नयाँ वसपार्क, बालाजु चोक, वालाजु वाई पास, कलङ्की र वल्खु),

·        District Police Range Kathmandu को FB page, ट्राफिक एफ.एम. तथा सञ्चारका अन्य माध्यमहरूबाट समेत जनचेतनामूलक कार्यक्रम प्रसारणलाई निरन्तरता प्रदान गर्ने,

·        टोल टोलमा माइकिङ गर्नुका साथै पर्चा पम्लेटहरु वितरण गर्ने,

·        स्थानीय जनसमुदाय, सुरक्षा विदहरु तथा पूर्व सुरक्षाकर्मीहरूसँग निरन्तर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

ग)     प्रविधि लगायतको प्रयोग:

·        CCTV monitoring (काठमाडौँको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थानहरू, काठमाडौँ प्रवेश गर्ने नाकाहरू लगायतका स्थानहरू),

·        Drone बाट तस्बिर लिई सुरक्षा प्रदान,

·        अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गरी Dog Sniffing,

·        प्रहरी Apps को प्रयोग आदि ।

घ)    सुरक्षाकर्मीहरूको प्रभावकारी परिचालन:

·        इलाका विभाजन- प्रहरी वृत्तहरू १४,

·        प्रहरी हेल्प डेस्क- १२,

·        टिकट काउन्टर- १२,

·        मोबाइलबाट गस्ती- २४,

·        पिकेटिङ- ९१,

·        मोटर साइकलबाट गस्ती (Quick Response Team-QRT)- ७६ (बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसलमा सुरक्षा),

·        QRT- प्रहरी निरीक्षक कमान्डर - १४,

·        नाका सिल, कर्डन एण्ड सर्च- २८ स्थान,

·        सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा, पम्लेट र माइकिङ्ग-३५ स्थान,

·        सादा पोसाक- ३८,

·        चेक प्वाइन्ट-४२ स्थान (बिहान- बेलुका तथा आकस्मिक),

·        मन्दिरमा परिचालन-१२ वटा मन्दिर,

·        खसी, कुखुरा  किनबेच हुने बजार सुरक्षार्थ-५ स्थान,

·        स्ट्राइकिङ्ग-५ वटा,

·        एम्बुसिङ र निगरानी - २२ स्थान,

·        CRV, Cross Checking - ४६ वटा,

·        अनुगमन- ६ वटा,

·        Safety Pin and Pick Pocketing नियन्त्रण- आवश्यकता अनुसार,

·         अति विशिष्ट व्यक्तिहरूको सवारी तथा कार्यक्रममा सुरक्षा व्यवस्थापन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप