बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको मृत्युपछि टुटे यी अभिनेता, एक्लै हुर्काइरहेका छन् छोरा

मङ्गलबार, ०४ असोज २०७९, १३ : ०४
मङ्गलबार, ०४ असोज २०७९

बलिउड अभिनेता राहुल देवले आफ्नो अभिनयमार्फत् थुप्रैको मन जितिसकेका छन् । राहुल अब छिट्टै नै कन्नड फिल्म ‘कब्जा’ मा देखिनेछन् । पर्दामा आफ्नो दमदार अभिनयले लाखौँको अनुहारमा मुस्कान ल्याउने राहुलको नीजि जीवन भने पीडादायी छ । राहुलले हालै आफ्नो मनका कुरा खोलेका छन् ।,

श्रीमतीको मृत्युले अहिलेसम्म पनि शोकमा छन् राहुल

राहुल देवले सन् २००९ मा आफ्नी श्रीमती रिना देवलाई गुमाएका थिए । श्रीमतीको मृत्युपछि राहुल देव एक्लै भए । अब एक अन्तरवार्तामा श्रीमतीको मृत्युबारे कुरा गर्दा उनी भावुक भए । राहुलले बच्चालाई एक्लै हुर्काउनुको पीडा बारे पनि कुरा गरे ।

कनेक्टर एफएम क्यानडासँगको कुराकानीमा राहुलले भने, ‘बच्चाको लालनपालन सहज हुँदैन । बालबालिकाको हुर्काइमा महिलाको निकै ठूलो भूमिका हुन्छ । एउटा आमाले बच्चालाई जसरी बुझ्छिन् त्यो अरु कसैले पनि बुझ्न सक्दैन । बच्चासँग महिलाको सहनशीलता भिन्न स्तरको हुन्छ । म पनि त्यस्तै बन्ने कोसिस गर्छु, तर कतिपय अवस्थामा मलाई रिस उठिहाल्छ । म आमा र बुवा दुबै बन्नुपर्छ ।’

राहुलकी श्रीमती रिनाको मृत्यु क्यान्सरका कारण भएको थियो ।

राहुलले थपे, ‘म जब छोराको स्कुलमा पेरेन्ट्स–टिचर मिटिङका लागि जान्छु तब मैले सबैभन्दा धेरै महिला देख्छु । त्यतिबेला म असाध्यै असुरक्षित महसुस गर्छु । म सोच्छु कि बच्चाका बुवाहरु कहाँ छन् ?’

राहुलले थपे, ‘यस्ता कुराहरु असाध्यै पीडादायी हुन्छन् । म यस्ता कुराहरु धेरै सम्झिन चाहन्नँ । फिल्ममा यी कुराहरु सहज लाग्छन् । कतिपटक फिल्ममा पार्टनर अब नरहेको देखाइन्छ । तर पुनः सुरु गर्न फिटिक्कै सजिलो हुँदैन ।’

श्रीमतीको मृत्युपछि मुग्धालाई डेट गरे

श्रीमतीको मृत्युपछि राहुल देव मुग्धासँगको सम्बन्धमा छन् । राहुलले आफ्नो पुरानो अन्तरवार्तामा मुग्धालाई डेट गर्दा आफूलाई छोराको चिन्ता भएको बताए । उनले भनेका थिए, ‘जब मेरो छोरालाई मेरो सम्बन्धबारे थाहा छ भने संसारसँग लुकाउन किन पर्यो ?’

‘मेरो विवाह हुँदा मैले एउटा फिल्म पनि खेलेको थिइनँ तर पनि मैले आफ्नो विवाहबारे कहिल्यै लुकाइनँ । जीवनमा निकै थोरै कुरामात्रै वास्तविक छन्, अरु त सबै ... ।’

राहुल देवको कुरा गर्ने हो भने उनले मनोरञ्जन दुनियाँमा दुई दशकको यात्रा पुरा गरिसकेका छन् । उनले बलिउडमा आफ्नो पहिलो ड्ब्यु एक्सन फिल्म च्याम्पियनबाट गरेका थिए । बलिउडबाहेक राहुलले साउथ फिल्ममा पनि काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप