मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

अरुण काबेलीले १९ करोड ५१ लाख लाभांश दिने

मङ्गलबार, ०४ असोज २०७९, १२ : ४७
मङ्गलबार, ०४ असोज २०७९

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।
चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र थप कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । 
कुल लाभांश मध्ये कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बोनस सेयर र ९६ लाख ४७ हजार ९५ रुपैयाँ कर प्रयोजनका लागि नगद खर्च गर्नेछ ।
कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी कुल २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप