शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

मङ्गलबार, ०४ असोज २०७९, १२ : १५
मङ्गलबार, ०४ असोज २०७९

एटिएम मेसिन तोडफोड गर्दै चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित बाएनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

एक जना पुरुषले एटिएम फुटाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप