मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा

मङ्गलबार, ०४ असोज २०७९, १२ : ०६
मङ्गलबार, ०४ असोज २०७९

विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । 

हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लगेको बताए । 

नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइएको शोको पहिलो संस्करण नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उद्देश्यसहित आयोजना थालिएको हो । कार्यक्रममा सहभागी उत्कृष्ट पाँचलाई आयोजकले अमेरिका जान पाउनेछन् ।

विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । 

अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजाल लगायतको उपस्थिती रहेको कार्यक्रम एसोसिएसन अमेरिका र डुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमको संचालक दिनेश डिसी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप