बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको समानुपातिकमा जसपाले क–कसलाई राख्यो प्राथमिकतामा ?

मङ्गलबार, ०४ असोज २०७९, ११ : १०
मङ्गलबार, ०४ असोज २०७९

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारको एक नम्बरमा प्रकाश अधिकारी (सिरहा) को नाम राखेको छ । उनलाई समानुपातिकको बन्दसूचीमा खस आर्यतर्फ एक नम्बरमा राखिएको हो । यस्तै दुई नम्बरमा लक्ष्मण हुमागाइँ (ललितपुर) र तीन नम्बरमा पूर्ण बस्नेत (दाङ) लाई राखिएको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार महिलातर्फ पहिलो नम्बरमा रेखा यादव (मोरङ), दोस्रो नम्बरमा छाया शर्मा (काठमाडौँ) र तेस्रोमा भगवती सुब्बा (प्युठान) को नाम रहेको छ । त्यस्तै मधेशी महिलामा रञ्जु ठाकुर (सप्तरी) को नाम एक नम्बरमा रहेको छ भने रञ्जु वर्मा (मोरङ) को नाम दोस्रो नम्बर र विनिता यादव (सप्तरी) को नाम तेस्रो नम्बरमा रहेको आयोग स्रोतले जनाएको छ ।

त्यस्तै मधेशी पुरुष मिथलेश कुमार सिंह (सप्तरी) को नाम एक नम्बरमा रहेको छ । यस्तै रामविलास यादवको नाम दुई नम्बरमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप