शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक

मङ्गलबार, ०४ असोज २०७९, ११ : ०१
मङ्गलबार, ०४ असोज २०७९

नेपालमा समेत छायाँकन भएको बलिउड फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा मुख्य तीन कलाकार अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी हिमाललाई पृष्ठभूमि बनाएर देखिएका छन् । 
‘उचाइ’ को छायांकनका लागि अमिताभ नेपाल भने नेपाल आएका थिएनन् । उनको दृश्य एक नेपाली कलाकारले डमीका रुपमा गरेका थिए । अनुपम र बोमन भने नेपाल आएका थिए । 
करिब २५ दिन नेपालको लुक्ला, नाम्चे, मनाङ क्षेत्रमा छायांकन भएको फिल्मको छायांकनका लागि अभिनेत्री परिणीति चोपडा पनि नेपाल आएकी थिइन् ।

फिल्ममा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मोक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको अभिनय छ । सूरज बडजात्याको निर्देशन रहेको फिल्म अगामी ११ नोभेम्बरमा प्रदर्शनमा आउँदैछ । फिल्ममा डेनी डेन्जोङ्पाको पनि अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप