यी हुन् स्थानीय चुनावमा खर्च विवरण नबुझाउने नगर प्रमुख/उपप्रमुखका उम्मेदवार (विवरणसहित)
३ हजार बढीलाई ४ लाख ५० हजार जरिवाना
मङ्गलबार, ०४ असोज २०७९, १० : १०

निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने, ढिलो गरी बुझाउने नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजारका दरले जरिवाना गरेको छ । खर्च बिवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई स्पष्टीकरण सोधिएको र सो चित्तबुझ्दो नभएपछि देशभरका ३ हजार ७ सय ५६ नगर प्रमुख÷उपप्रमुखका उम्मेदवार जरिवानामा परेका हुन् ।
आयोगले एक सूचना निकालेर जरिवानामा परेका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनाव खर्चको विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई गत साउन ३१ गते स्पष्टीकरण सोध्ने निर्णय गर्दै भदौ १ गते १ हप्ताको समय दिएर स्पष्टीकरण मागेको थियो ।
हेर्नुहोस् विवरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार