नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
मङ्गलबार, ०४ असोज २०७९, ०९ : ५९
![नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा](https://rpcdn.ratopati.com/media/albums/naryani_dev_LCIembDa59.png)
नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबार ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले लियो समर्थन फिर्ता, मन्त्रीहरूले आजै राजीनामा बुझाउने
-
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति
-
फौजदारी अभियोग लाग्दैमा पेन्सन रोक्न नमिल्ने सर्वोच्चको फैसला
-
ओलीले बोलाएपछि एमाले मन्त्रीहरूलाई बालकोटमा
-
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमा छलफल जारी