शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा दैनिक ४ सयको मृत्यु, तर बाइडेनले भने – कोरोना महामारी समाप्त भयो

मङ्गलबार, ०४ असोज २०७९, ०९ : ३२
मङ्गलबार, ०४ असोज २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । जबकि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाइडेनले भने, 'हामी अझै समस्यामा छौँ, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।’ 

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले पनि ‘कोरोना महामारीको अन्त्य नजिक देखिएको’ बताएका थिए। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै ‘धेरै काम’ गरिरहेको जानकारी दिए ।

अगस्टमा अमेरिकी अधिकारीहरूले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म लम्ब्याएको थियो।

कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दैनिक औसत ४०० भन्दा बढीको मृत्यु भइरहेको छ । गत साता कोरोनाका कारण तीन हजारभन्दा बढीको मृत्यु भएको थियो ।

यसको तुलनामा जनवरी २०२१ मा कोभिडका कारण एक हप्तामा २३ हजारभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकी जनसंख्याको ६५ प्रतिशत पूर्ण रूपमा खोप लगाइएको छ। हालैका दिनहरूमा विश्व कोरोना महामारीबाट निको हुनेमा केही आशा देखिए पनि मानिसहरूले सावधानी अपनाउनु पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप