बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका विद्यालयमा भएको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) माग

मङ्गलबार, ०४ असोज २०७९, ०८ : ०८
मङ्गलबार, ०४ असोज २०७९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवन जिल्ला समितिले जिल्लामा रहेका शैक्षिक संस्थामा भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । 

विद्यार्थी संगठन र अभिभावकसँग परामर्श नगरी जिल्लाका शैक्षिक संस्थाहरुले २० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै युनियनले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो । 

स्थानीय सरकार र प्यावसनको मिलेमतोमा शुल्क वृद्धि गरिएको अनेरास्ववियू क्रान्तिकारीको आरोप छ । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी पनि सो संगठनले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप